STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अभिनेता अनमोल केसी रिहा

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १४, आइतबार

काठमाडौं- प्रहरीले अभिनेता अनमोल केसीलाई हिरासतमुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न आइतबार अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

रिहा भएपछि अनमोल केसी निर्माता सुनिलकुमार थापाको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका छन् । फिल्म रावायणको आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि फिल्म निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।

Categorized in सिनेमा