STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अब कांग्रेस एक्लै चुनाव लड्ने : गगन थापा

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण ८, मंगलबार

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गरेका छन्। मंगलबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उनले सांगठनिक प्रस्ताव पेस गरेका हुन्। महासमिति बैठकमा योसँगै पाँच वटा प्रस्ताव पेस भएका छन्।

सांगठनिक प्रस्ताव पेस गर्दा अब नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने उनले बताएका छन्। एक्लै चुनाव लड्ने र रुखमा मात्रै मत हाल्ने सुनिश्चितताको कुरा उनले प्रस्तावमा गरेका छन्। उक्त कुरा वाचन गर्न महासमिति सदस्यहरूले तालीसमेत बजाएका थिए।

उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव र प्रवक्ता समेत रहेका प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव पेस गरेका छन्। त्यस्तै लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गरिसकेका छन्। 

यसैगरी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नरहेको बताएका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै आफ्ना मन्त्रीको कार्यसम्पादनबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए।

'पूरै पाँच वर्ष यो गठबन्धन कायम रहनुपर्छ भन्ने हाम्रो निर्णय एकातर्फ छ। तर, अर्कोतर्फ नागरिकको अपेक्षाअनुरुप सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ। कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय नै छ। तर, केही मन्त्रीको भूमिका मन्त्रीका रुपमा प्रभावकारी विल्कुलै छैन,' उनले भने। 

उनले प्रदेशका मुख्यमन्त्री, मन्त्री र कांग्रेस नेतृत्वमा रहेका स्थानीय तहको पनि छुट्टै कार्यसम्पादन हुनुपर्ने बताए। 

उनले वर्तमान सरकारमार्फत संविधान रक्षाको साझा कार्यभार सम्पादन भए पनि नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न नसकेको आरोप ल गाएका छन्। संघीयता कार्यान्वयनका विषयमा सरकारबाट कमजोरी भइरहेको प्रष्ट पारे। उनले यथाशिघ्र प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग गरे। उनले सरकारको सफलता र असफलतामा कांग्रेसको पनि छबि गाँसिएको बताए। 'वर्तमान सरकारको सफलता असफलतासँग कांग्रेसको पनि छबि गाँसिएको छ। सरकारले गर्ने राम्रा कामको जस लिन नसक्ने तर अपजसहरूको भारी बोक्नुपर्ने? भन्ने प्रश्न र असन्तुष्टि कांग्रेस पार्टी पंक्तिमा देखिन्छ,' उनले भने।

त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको गल्तीलाई गम्भीर समीक्षा गर्नुपर्ने बताए। उनले कोशी नतिजासँगै माओवादीसँगको समझदारीमा समस्या आएको स्पष्ट पारेका छन्। 'संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि आह्वान भएपछि कोशीमा जेजस्तो घटनाक्रम विकसित भयो, त्यसले कांग्रेसभित्रै द्वन्द्व सिर्जना भएको थियो। माओवादी पार्टीसँग त्यसबेला कायम रहन नसकेको समझदारी राष्ट्रिय सभाको निर्वाचन परिणामपछि झनै समस्याको चपेटामा परेको छ। गठबन्धनको सरकार पाँच बर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन, खुला छलफल र आपसी विश्वासले मात्र त्यो सम्भव हुने तथ्य भुल्न मिल्दैन,' उनले भने।

उनले गठबन्धनमा रहिसकेपछि स्वतन्त्र गतिविधि गर्न नमिल्ने प्रष्ट पारेका छन्। 'हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौं, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौं। केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्नेछ,' उनले भने।

उनले अन्य दलसँगको चुनावी या सत्ता गठबन्धन दल र दलका बीच संस्थागत निर्णयको आधारमा हुने बताए। गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्काउमा हुन नहुने उनको भनाइ छ। 

Categorized in राजनीति