STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अबदेखि अनलाइनबाटै सवारी ब्लुबुक नवीकरण

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ९, शनिबार

अबदेखि बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको ब्लुबुक अनलाइनबाटै नवीकरण गर्न सकिने भएको छ । 

यसका लागि सरकारले ‘विद्युतीय माध्यमबाट सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली  २०७८’ जारी गरिसकेको छ । 

शुक्रबार बागमती प्रदेश सरकारले अनलाइन प्रणाली सुरु गरेसँगै यातायात कर, जरिवाना र नवीकरण शुल्क अब अनलाइन प्रणालीमार्फत गर्न पाइने भएको हो ।

यो सेवा हाल बागमती प्रदेशअन्तर्गतका यातायात व्यवस्था सेवा कार्यालय हेटौँडा, भक्तपुर, सानो भर्‍याङ, ललितपुर, भरतपुर र काठमाडौंमा लागू हुनेछ । 

यो सेवा सुरु भएसँगै यातायात कार्यालयहरूमा हुने भिड हट्ने सरकारको विश्वास छ । यो सेवा प्रयोग गर्न https://tmis.bagamati.gov.np/ मा गई दिइएको निर्देशन पालना गर्नुपर्नेछ । 

Categorized in राष्ट्रिय