STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अफगानिस्तानमा नौ जना लडाकू मारिए

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ११, सोमबार

अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा दुई विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटका लडाकूहरुबीच भएको झडपमा नौ जना लडाकू मारिएको अफगान सेनाले जनाएको छ । सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा मारिने लडाकूहरुमा अधिकांश इस्लामिक स्टेटसँग आबद्ध रहेको उल्लेख छ । भिडन्तमा अरु १४ जना इस्लामिक स्टेटका लडाकूहरु घाइते भएका छन् । अफगानिस्तानमा सक्रिय यी दुबै समूहले खासगरी सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गरेपनि दुबै पक्षबीच बिरलै झडप हुने गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय