STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अफगानिस्तानमा तालिबानको सरकार घोषणा

Janjati Khabar – एजेन्सी | २०७८ भाद्र २२, मंगलबार

आन्दोलनमार्फत अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिबान समूहले सरकारको घोषणा गरेको छ । अफगानिस्तान कब्जा गरेको तीन सातापछि तालिबानले सरकारको घोषणा गरेको हो । 

केही दिनदेखि सरकार घोषणा गर्ने बताएको तालिबान अन्तत: मंगलबार यसको घोषणा गरेको हो । 

तालिबानले घोषणा गरेको सरकारका प्रधानमन्त्री मुल्लाह हसन अखुन्द बन्‍ने भएका छन् । यस्तै उपप्रधानमन्त्रीमा तालिबानका संस्थापक मुल्लाह गनी बरादर हुने बताइएको छ । 

यसअघि नै सरकार बनाउने तयारी गरेको तालिबानले अमेरिकी सैनिकको बिदाइ मिति कुरेको थियो । अफगानिस्तानलाई तालिबानले कब्जामा लिएपछि त्यहाँ रहेका विदेशीहरू हतारहतार आफ्नै देश फर्किएका थिए । 

यसअघि लामो समय सशस्त्र द्वन्द्व गरेको तालिबानले सरकार स्थापनालाई विश्व समुदायले चासोका साथ हेरिरहेको छ ।

Categorized in अन्तर्राष्ट्रिय