Header Ad
janswastha 11 11 78
STC 810x100 adv

अपराधको पुष्टिपछि फिफाको कारवाहीमा अर्जेन्टिना

Janjati Khabar – Janjati Khabar | २०७९ पौष ३०, शनिबार

 

एजेन्सी - विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले विश्वकप विजेता अर्जेन्टिनामाथि कारवाही गर्ने भएको छ । कतारमा भएको फाइनलका क्रममा गरेको ‘अपमानजनक व्यवहार’ र ‘फेयर प्ले उल्लंघन’ गरेको भन्दै फिफाले अनुशासानात्मक कारवाही गर्ने भएको हो ।

त्यतिमात्रै नभइ सम्भावित ‘खेलाडी र अधिकारीहरूमाथि पनि दुर्व्यहार’ गरेको पुष्टि भएको फिफाले जनाएको छ । यस्तैगरी अर्जेन्टिना फुटबल एसोसिएसन (एफए)लाई प्रतियोगिताको क्रममा मिडिया र मार्केटिङ नियमहरू उल्लङ्घको आरोप लागेको छ ।

देशको प्रशिक्षण टोलीका कुन खेलाडी वा सदस्यहरूलाई अपराध गरेको अभियोग लगाइएको छ वा ती अपराधहरू भने खुलाउन बाँकी नै छ । यद्यपि फिफाले आफ्नो अनुशासन संहिताको तीन सम्भावित उल्लङ्घनहरू पुष्टि गरेको जनाएको छ ।

गोलरक्षक एमिलियानो मार्टिनेजले खेलपछि आफ्नो गोलकिपर अफ द टूर्नामेंट ट्रफी प्राप्त गर्दै गर्दा अभद्र व्यवहार गरेको स्पष्ट देख्न सकिन्थ्यो । त्यस्तै ड्रेसिङ रुममा फ्रान्सका स्टार केलियन एमबाप्पेको टाउकोको तस्बीर बोकेर खिल्लीसमेत उडाउँदै हिँडेको तस्बीर सामाजिक संजालमा भाइरहले भएको थियो ।

त्यस्तै सेमिफाइनलमा पराजित भएको क्रोएसियामाथि पनि अर्जेन्टिनाले भेदभावका साथै खेलमा व्यवस्था र सुरक्षाको सम्भावित उल्लंघनको विषयमा पनि अनुसन्धान भइरहेको छ।

फिफाको अनुच्छेद ११, जसले आपत्तिजनक व्यवहार र निष्पक्ष खेलका सिद्धान्तहरूको उल्लङ्घनलाई समेट्छ, धारा १२, जसले खेलाडी र अधिकारीहरूको दुर्व्यवहारलाई समेट्छ, र धारा ४४ जसले मार्केटिङ नियमहरू समावेश गर्दछ ।

अर्जेन्टिनाले सन् १९८६ पछि पहिलो पटक विश्वकप जितेको हो । फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको थियो ।

Categorized in खेलकुद
Newa Online Adv