STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्नपूर्ण म्याराथनको उपाधि भाटलाई

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २०, सोमबार

दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवअन्तर्गतको अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटले प्राप्त गर्नुभएको छ । अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्मको ४२।१९५ किलोमिटर दूरी चार घण्टा छ मिनेट ५३ सेकेण्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो ।
 
त्यस्तै हरिकुमार रिमालले उक्त दूरी चार घण्टा १४ मिनेट ४० सेकेन्डमा पार गर्दै द्वितीय स्थान हासिल गर्नुभएको छ । त्यस्तै गोपाल तामाङले चार घण्टा २२ मिनेट २९ सेकेण्डमा उक्त दूरी पार गरी तेस्रो बन्नुभएको छ । 
 
समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शुरु म्याराथन माछापुच्छे« आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी र भैँसीखर्क हुँदै घान्द्रुकमा समापन भएको हो ।
 
म्याराथनमा प्रथम हुने धावकले रु एक लाख पाँच हजार, दोस्रोले ७५ हजार र तेस्रो हुनेले रु ५५ हजार नगद प्रमाणपत्र प्राप्त गर्नेछन् । धावकलाई युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुहुनेछ । 
Categorized in अपराध-दुर्घटना