STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास ले सोमबार राजधानीमा आयोजना

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २८, मंगलबार

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास ले सोमबार राजधानीमा आयोजना गरेको छैठौं ‘इनास फिल्म अवार्ड’ मा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट घोषित भएका छन् । फिल्म ‘प्रसाद’ बाट विपिनले उत्कृष्ट अभिनेताको अवार्ड पाउँदा स्वस्तिमाले ‘बुलबुल’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । ११ विधामा बाँडिएको ‘इनास अवार्ड’ मा उत्कृष्ट फिल्मको अवार्ड पनि ‘बुलबुल’ ले नै हात पार्‍यो । उत्कृष्ट निर्देशकको अवार्ड पनि ‘बुलबुल’ बाट निर्देशक विनोद पौडेलले आफ्नो पोल्टामा पारे । त्यस्तै, ‘गोपी’ बाट निर्देशक दीपेन्द्र लामा र ‘छक्का पञ्जा ३’ बाट निर्देशक दीपाश्री निरौलालाई जुरी अवार्ड प्रदान गरियो । काठमाडौंको कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको अवार्ड समारोहमा दर्जनौं नेपाली फिल्ममा कालजयी संगीत भरेका संगीतकार रञ्‍जित गजमेरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो । आइतबार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९इनास० को अध्यक्षमा चुनिएकी कमला दाहालले यो अवार्डलाई आगामी दिनमा अझ परस्कृत र भव्यसँग आयोजना गर्ने बताइन् । यस कलाकार समाजको ७० देशमा शाखा छ । कार्यक्रममा समाजको विभिन्न चार देशका समितिलाई पनि सम्मान गरिएको थियो । अवार्डमा सयौँको संख्यामा एनआरएनहरुको उपस्थिति रहेको थियो । भने, फिल्मकर्मीहरु उपस्थिति पनि बाक्लो थियो । छैठौं ‘इनास फिल्म अवार्ड २०७६’ को विजेताको सूची यसप्रकार छ स् १। उत्कृष्ट चलचित्र बुलबुल २। उत्कृष्ट निर्देशक विनोद पौडेल – बुलबुल ३। उत्कृष्ट अभिनेता विपिन कार्की – प्रसाद ४। उत्कृष्ट अभिनेत्री स्वस्तीमा खड्का – बुलबुल ५। उत्कृष्ट लेखन सुशील पौडेल – प्रसाद ६। उत्कृष्ट सम्पादन निमेष श्रेष्ठ – साइँली ७। उत्कृष्ट छायांकन पुरुषोत्तम प्रधान – छक्का पञ्जा ३ ८। संगीत दिपक शर्मा – छक्का पञ्जा ३ – पहिलो नम्बरमा ९। गायन ९पुरुष० प्रताप दाश – रोज – फुल होइन काँडा १०। गायन ९महिला० प्रविशा अधिकारी – रोज – फूल होइन काँडा ११। नृत्य निर्देशन कविराज गहतराज – भैरे – सान्नानीलाई भेट्न
Categorized in सिनेमा