relans
ni new 83
nib 2082 5

अनुगमनमा म्याद नाघेका औषधि

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १९, बिहिबार

कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको छ । गाउँपालिकाको वडा नं ७ स्थित मिर्मीबजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधिसमेत भटिएको गाउँपालिकाका प्रशासकीय प्रमुख गणेश खनालले बताउनुभयो । अनुगमनका क्रममा सुरज मेडिकलहलबाट १० प्रकारका म्याद नाघेका औषधि जफत गरेको र अन्य किराना पसलबाट जुस, बिस्कुट, सोडा, चिप्सलगायतका खाद्यवस्तु म्याद नाघेको पाइएकाले अनुगमनका क्रममा सङ्कलन गरिएका वस्तुलाई नष्ट गर्नुका साथै व्यापारीलाई सचेत बनाइएको गाउँपालिकाले जनाएको छ । म्याद नाघेका खाद्य वस्तुको प्रयोगले स्थानीयको स्वास्थ्यमा असर पर्ने भन्दै प्रशासकीय प्रमुखको नेतृत्वमा बजार अनुगमन गरेको गाउँपालिकाले एकपटकलाई व्यापारीलाई सचेत गराएको बताउँदै आगामी दिनमा पनि म्याद नाघेका वस्तु भेटिएमा कडा कारवाही गर्ने जनाएको छ ।
Categorized in अपराध-दुर्घटना
ppp 2