STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनावश्यरुपमा बाहिर निस्किए थुनामा !

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ४, बिहिबार

काठमाडौं – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले वैशाख १५ गतेसम्मको लागि लकडाउन लम्ब्याएको छ । योसँगै लकडाउनलाई अब कडा पार्ने र यसको पालना नगरी अनावश्यक रुपमा निस्किनेलाई थुनामा समेत राख्न सकिने निर्णय सरकारले गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रुपमा हुने आवागमनलाई कडा गर्ने निर्णय गरेको थियो । समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय एवं कोभिड १९ संक्रमण रोकथात तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सचिव नारायणप्रसाद विडारीले लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्नेसम्मको कारबाही गरिने निर्णय भएको बताएका थिए । कोरोना संक्रमण नियन्त्रणमा लिन आन्तरिक उडानलाई समेत वैशाख १८ गते (अप्रिल ३०) सम्म स्थागित गरिएको विडारीले बताए । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकाले जोखिको सम्भावना बढी देखिएको स्थानमा परीक्षणको मात्रा बढाएर संक्रमितलाई पहिचान गरी उपचारमा जाने निर्णय भएको पनि उनले बताए । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । बुधबार भने कुनै पनि संक्रमित फेला परेन ।
Categorized in राष्ट्रिय