relans
ni new 83
nib 2082 5

अध्यादेशविरुद्ध विद्यार्थी आन्दोलित

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २७, मंगलबार

काठमाडाैं - रेशम चौधरीलाई छुटाउन ल्याएको अध्यादेशविरुद्ध विद्यार्थी आन्दोलित बनेका छन् ।

सरकारले मुलुकी फौजदारी अपराध संहिता (२०७४) संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि चौतर्फी विवाद सुरु भएको छ।सरकारले रेशम चौधरीको रिहाइका लागि अध्यादेश ल्याएको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थी आन्दोलित बनेका छन्। विद्यार्थीहरुले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि नाराबाजी गरेका हुन्।

अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको विरोध कार्यक्रममा विद्यार्थीहरुको उल्लेख्य सहभागीता थियो। रेशमलाई देखाउने आलामलाई छुटाउने,' लगायत नारा लेखिएका प्लेकार्ड लिएर विद्यार्थीहरुले नाराबाजी गरेका थिए।

रेशम चौधरीको रिहाइ लागि सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरिएको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि सोमबार शीतल निवास पठाइएको छ। 

टीकापुर घटनाका राजबन्दी, विपल्व र सीके राउतका कार्यकर्ताको मुद्दा रिहाइका लागि सरकारले अध्यादेश ल्याएको हो। 

Categorized in राजनीति
ppp 2