STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अध्यक्षमा जितेपछि मोहन निरौलाले दिए धन्यवाद

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र ५, आइतबार

नेपालका चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको  चैत्र ४ गते सम्पन्न १९औँ महाधिवेशनबाट आफ्नो नेतृत्वमा आगामी तीन बर्षको लागि केन्द्रीय कार्यकारिणी समितिलाई निर्वाचित गराएकोमा संघका सम्पूर्ण सदस्यहरुलाई नव निर्वाचित अध्यक्ष मोहन निरौलाले  धन्यवाद व्यक्त गरेका छन् ।

यसै क्रममा उनले  विशिष्ट चलचित्रकर्मी रबिन्द्र खडकाको नेतृत्वको निर्वतमान कार्यकारिणी समितिले सफलतापूर्वक महाधिवेशन सम्पन्न गराई कार्यभार हस्तान्तरण गरेकोमा नयाँ समितिको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गरेको कुरा सामाजिक सन्जाल मार्फत उल्लेख गरेका छन् । यस्तैगरी नव निर्वाचित अध्यक्ष निरौला ले महाधिवेशन सफल तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन समिति, सञ्चारकर्मीहरु, चलचित्र क्षेत्रसँग आवद्द रहेका सम्पूर्ण संघ-संस्था,बिशिष्ट चलचित्रकर्मी ,सदस्यहरु लगायत सम्पूर्ण सम्बन्धित व्यक्तिहरु तथा निकायहरु लाई पनि धन्यवाद व्यक्त गरेका छन्  ।

नव निर्वाचित अध्यक्ष निरौलाले , "आजबाट सुरु भएको मेरो कार्यकाल चलचित्र कलाकारहरुको पक्षमा हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु । यसको लागि यहाँहरु सबैको सल्लाह, सुझाव र मार्गदर्शनलाई अनुशरण गर्दै नयाँ कार्यकारिणी समिति अगाडी बढने बिश्वास दिलाउन चाहन्छु ।” भनि भनेका छन् । 

शनिवार ढिलो गरी सम्पन्न मत गणना बाट अध्यक्षमा मोहन निरौला लाई विजयी घोषित गरेका थिए । अध्यक्षमा उनको प्रतिद्वन्द्वी का रुपमा अभिनेत्री रेजिना उप्रेती रहेका थिए । संघको दुई उपाध्यक्षमा कविता गेलाल र शिवहरी नेपाल बैरागी , महासचिव  सबिन श्रेष्ठ, सचिव  रामेश्वर बुर्लाकोटी ,कोषाध्यक्ष  सुनिल कटवाल र सह-कोषाध्यक्ष  पवित्रा आचार्य  विजयी घोषित भए । यसरी विजयी भएकाहरु मध्ये कोषाध्यक्ष पदमा विजयी भएका सुनिल कटुवाल यस भन्दा अघिको कार्य समितिमा पनि कोषाध्यक्ष कै रुपमा कार्यरत थिए भने  सह कोषाध्यक्ष पदकालागि उम्मीदवारी दिएका अभिनेता रोहित रुम्बा ले आफ्नो नाम फिर्ता लिएको कारण  पवित्रा आचार्य भने सो पदमा निर्विरोध निर्वाचित भएकि हुन् ।

संघको कार्य समिति सदस्यहरुमा शितल केसी, गोपाल ढकाल छन्दे, उद्वव भट्टराइ, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रन्जना खड्का खुश्बु, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका हुन् ।

Categorized in सिनेमा