STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अछाममा पहिराेमा पुरिएर २१ जनाकाे मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन १, शनिबार

काठमाडौं - अछामका विभिन्न स्थानमा अविरल वर्षापछि खसेकाे पहिराेमा पुरिएर २१ जनाकाे मृत्यु भएकाे भएकाे छ । २ जना बेपत्ता छन् । निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार शनिबार साँझसम्म तुर्माखाँद गाउँपालिका–५ नाडामा आठ जनाको शव फेला परेको छ  भने एक जना बेपत्ता छन् ।

कमल बजार नगरपालिका –६ मा ७ जनाको मृत्यु भएको छ भने वडा नम्बर ८ मा ५ जनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको छ । ढकारीकै वडा नम्बर १ मा एक जना बेपत्ता भएकाे रिजालले जानकारी दिए ।पहिरोमा परी घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।

Categorized in अपराध-दुर्घटना