relans
ni new 83
nib 2082 5

अग्रज चलचित्रकर्मि पवन जोशीको ६४ औं गीत तयार

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर १६, मंगलबार

नेपालभाषा को पहिलो चलचित्र "सिलु " पछी नेपालभाषाको दोश्रो चलचित्रको दर्जा पाएको "चरित्र" का निर्देशक पवन जोशीलाई नेपालभाषा चलचित्र क्षेत्रका अग्रज चलचित्रकर्मि का रुपमा लिइन्छ भने उनलाई बहु प्रतिभाशाली कलाकर्मि का रुपमा चिनिन्छन् भने उनी कुशल अभिनेता लगायत सशक्त गीतकार पनि हुन् ।

एक पछि अर्को गीत लेखेर तथा गीतको भिडियो निर्देशन गरेर चर्चा कमाएका अग्रज गीतकार तथा निर्देशक पवन जोशीको ६४ औं गीतको पनि रेकर्ड कार्य भर्खरै सम्पन्न भएको छ। गीतकार तथा निर्देशक जोशीको चुरा पोते लिएर आऊ है बोलको ६४ औं गीतको रेकर्ड भएको हो।

कृष्णा जोशीको गायन तथा अनिल तुलाधरको संगीत तथा संगीत संयोजनमा काठमाडौंको अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा गीतको रेकर्ड भएको हो। प्रेमको नाटक गरेर धोका दिने प्रेमीलाई प्रेमको बन्धनमा बाँध्नका लागि नै चुरा पोते लिएर आऊ है बोलको प्रतिकात्मक शब्द चयन गीतकार जोशीको रहेको छ ।

Categorized in साहित्य-कला
ppp 2