STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अग्निपीडित शेरचनलाई २५ लाख सहयोग

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २६, मंगलबार

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ जुग्जाका अग्निपीडित चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीले रु २५ लाख आर्थिक सहयोग गरेका छन् । बेलायतमा कार्यरतÞ रेशम शेरचनको संयोजकत्वमा बेलायत, कोरिया, जापान, अमेरिका र अष्टे«लियामा कार्यरत नेपालीबाट सङ्कलन गरिएको रु २५ लाखमध्ये ६ लाख ५० हजारमा किनेको नयाँ घरसहित बाँकी रकम गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरमार्फत पीडित शेरचन र उहाँका आफन्तलाई हस्तान्तरण गरिएको छ । रु २५ लाखमध्ये ६ लाख ५० हजारमा घर खरीद गरिएको छ भने चर्पीलगायत अन्य व्यवस्थापनमा पाँच लाख ५० हजार खर्च भएको आर्थिक सहयोग सङ्कलनका संयोजक शेरचनले जाकारी दिनुभयो । बाँकी रु १३ लाख रुपैयाँ पीडितका आफन्त गोविन्द शेरचनको अध्यक्षतामा सात सदस्यीय अक्षयकोष समिति गठन गरी गरिमा विकास बैंकमा चेतनारायण भरण पोषण कोष स्थापना गरी जम्मा गरिदिएको शेरचनले बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका मगरले आगलागीबाट बिचल्लीमा पर्नुभएका शेरचन दम्पतीलाई प्रवासीले आर्थिक सहयोग गरी पीडितको घाउमा मलम लगाउने काम गरेको बताउनुभयो । गत मङ्सिर ६ गते घरमा अचानक आगलागी हुँदा पीडित शेरचनको घरभित्र रहेको धनमाल जलेर नष्ट भएको थियो ।
Categorized in राष्ट्रिय