STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

 मृतकको परिवारलाई बीमा रकम

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

स्काभेटरले किचेर मृत्यु भएका जिल्लाको सिस्ने गाउँपालिका–७ सानचौरका चन्द्रबहादुर बुढाकी श्रीमती लिलाकुमारी बुढालाई बीमा रकम हस्तान्त्रण गरिएको छ । बुढालाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बीमाअन्तर्गतको रु पाँच लाख रकमको नेपाल बैंक लिमिटेडको चेक हस्तान्तरण गर्नुभएको हो । 
मृतकको परिवारलाई केही हदसम्म भए पनि राहत मिल्ने भन्दै जक्सन निर्माण सेवा एण्ड सप्लायर्स कम्पनीमार्फत् उक्त बीमा रकम उपलब्ध गराइएको बताइएको छ । आर्थिक स्थिति कमजोर रहेको उक्त परिवारले बीमा रकम पाएपछि घरखर्च चलाउन सजिलो भएको भन्दै परिवारले प्रजिअ शर्मालाई धन्यवादसमेत दिएका छन् ।
चन्द्रबहादुर गत चैत २७ गते जनसेवा आधारभूत विद्यालय भवनको खेलमैदान खन्ने क्रममा स्काभेटरले किच्दा गम्भीर घाइते हुनुभएको थियो । उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै उहाँको मृत्यु भएको थियो ।
Categorized in अपराध-दुर्घटना