relans
ni new 83
nib 2082 5

मल्लको नाममा कोलकाताको सडकको नामकरण गर्न आग्रह

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १, बुधबार

श्रीजानकी माता धार्मिक नेपाली सङ्घ कोलकाता, भारतद्वारा आयोजित १३ आँै रक्तदान शिविरमा ६२ जनाले रक्तदान गरेका छन् । सो अवसरमा गणेशकुमार प्रधान प्रधानसम्पादक रहेको ‘सम्झना’ वार्षिक पत्रिकाको छैटाँै अङ्क पनि विमोचन गरियो । कार्यक्रममा खिमराज बराल, नरविक्रम थापा, राजु पाठक, महेश्वरसिंह गुरूङ, विकास जायसवाल, शैलेश जायसवाल, हृदयनन्द मिश्रा, गुञ्जदास श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, विष्णुप्रसाद बस्याल, रमा शर्मा पौडेललगायतले आजाद हिन्द फौजमा रहेर बलिदानी दिने नेपाली मूलका शहीद मेजर दुर्गा मल्लको सम्मानमा कोलकाताको वरिपरि एउटा सडकको नाम दुर्गा मल्ल सडक राख्न आग्रह गर्नुभयोे । नेपालीहरुले पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीलाई सोसम्बन्धी ध्यानाकर्षणपत्र पनि बुझाएका छन् । कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याल र विधायक स्मिता बक्सीको उपस्थितिमा भएको सो कार्यक्रममा स्वास्थ्य परीक्षण र सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । सङ्घका महासचिव तिलकराम शर्माले सङ्घको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय
ppp 2