relans
ni new 83
nib 2082 5

पुल निर्माण हुन नसकेपछि डुङ्गा सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १५, बुधबार

उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–५ को सिवाइ सुन्दरपुरस्थित त्रियुगा नदीमा १० वर्षअघि निर्माण शुरु भएको त्रियुगाको पक्की पुल अझैसम्म पनि निर्माण सम्पन्न हुन नसकेपछि अहिले बर्षायाममा स्थानीयवासीले नदी आवतजावत गर्न डुङ्गा सञ्चालन गर्न बाध्य भएका छन् । १० वर्षअघि नै सुन्दरपुरस्थित त्रियुगा नदीमा निर्माण शुरु गरेको पक्की पुल निर्माणकार्य महालक्ष्मी लोकप्रिय जेभी निर्माण कम्पनीले ठेक्का लिएको भए पनि अहिलेसम्म पुलका पिलरसमेत निर्माण हुन नसकेपछि त्रियुगा सुन्दरपुर, सिवाइदेखि चौदण्डी नगरपालिकाको बेल्टार बजारसम्म पुग्न र वारपार गर्न बाध्य भएर डुङ्गा सञ्चालन गर्नुपरेको चौदण्डी नगरपालिका–५ का वडाध्यक्ष देवनारायण चौधरी बताउनुहुन्छ । वर्षायाम लागेसँगै त्रियुगा नदीको बहाव बढेका कारण साउन–भदौसम्म त्रियुगा नदी वारिपारि गर्न नसकिने अवस्था आएका कारण डुङ्गा सञ्चालन गरेर स्थानीयवासीलाई नदी वारपार गराउने कार्य शुरु भएको वडाध्यक्ष चौधरीले बताउनुभयो । स्थानीय व्यक्तिलाई डुङ्गा सञ्चालनको ठेक्का दिएको र प्रतिव्यक्ति नदी तार्नको लागि रु २० भाडासमेत निर्धारण गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो । यस विषयमा चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राई भन्नुहुन्छ, “अहिले नदी तर्न र तार्नका लागि सुनकोशी र सप्तकोशीमा समेत डुङ्गा सञ्चालन हुन छाड्यो, किनकि ती स्थानमा पुल निर्माण भइसकेका छन्, तर चौदण्डीको सुन्दरपर सिवाइ क्षेत्रको त्रियुगा नदीमा समयमा पुल निर्माण हुन नसक्दा वर्षायाममा स्थानीयवासीको सेवाका लागि डुङ्गा चलाउन बाध्य भयौँ ।” २०६७ सालमा नै चौदण्डी नगरपालिकाको सिवाई सुन्दरपुरस्थित त्रियुगा नदीमा पक्की पुुलको शिलान्यास गरेर गाईघाट दिक्तेल सडकअन्तर्गत पुल निर्माणकार्य शुरु भएको भएता पनि अहिलेसम्म पुुलका पिलरहरु नै निर्माण हुननसकेका कारण समयमा पुल नबन्दा सुन्दरपुर र सिवाइका बासिन्दा त्रियुगा वारीपारी गर्न डुङ्गाको सहयोग लिन बाध्य हुनुपरेको स्थानीय भोलाप्रसाद घिमिरेले बताउनुभयो ।
Categorized in राष्ट्रिय
ppp 2