STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दक्षिण कोरियाका राष्ट्रपति र साउदी राजकुमारबीच भेटवार्ता

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ११, बुधबार

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ । दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले उक्त जानकारी दिएको छ । दुई दिने भ्रमणको क्रममा राजकुमार सलमान आज बिहान सबेरै दक्षिण कोरिया आइपुग्नु भएको थियो । सलमानले २१ वर्षपछि दक्षिण कोरियाको यो पहिलो भ्रमण भएको बताइएको छ । यसअघि १९९८ मा उहाँले दक्षिण कोरियाको भ्रमण गर्नु भएको थियो । राष्ट्रपति मुन र राजकुमार सलमानबीच भएको छलफलपछि प्रकाशित संयुक्त विज्ञप्तिमा दुई देशबीच सुचना र सञ्चार प्रविधि,स्वास्थ्य, सांस्कृतिक र शिक्षालगायत विभिन्न क्षेत्रमा सहकार्य बढाउने सम्झौता भएको बताइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय