STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

मधेशी र थारु आयोगका प्रस्तावित अध्यक्षको संसदीय सुनुवाई

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १२, आइतबार

 हुँदैछ । दुबै आयोगका प्रस्तावित अध्यक्षको सुनुवाईका लागि संघीय संसदको सुनुवाई समितिको बैठक ११ बजेपछि बस्ने गरी बोलाइएको छ । संवैधानिक परिषदले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो । यसअघिको बैठकमा सुनुवाई भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको विषयमा पनि आजको बैठकमा निर्णय हुने संघीय संसद सचिवालयले जनाएको छ । थारु आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारी विरुद्ध भने नागरिकता लगायत विषयमा उजुरी परेकाले छानविनका लागि कागजपत्र मगाएको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय