STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सामूहिक फूल खेतीतर्फ आमा समूह

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

गाउँमा फूलको मागलाई आपूर्ति गर्न डाँडागाउँका आमा समूहले सामूहिक फूल खेती शुरु गरेका छन् । घरवासमा आउने पाहुना हुन वा कुनै औपचारिक कार्यक्रममा आवश्यक पर्ने फूल बजारबाट खरीद गरेर होइन आफैँ उत्पादन गर्ने लक्ष्यका साथ सामूहिक फूलखेती शुरु गरिएको हो । कास्कीको पूर्व भेगस्थित मादी गाउँपालिकाको केन्द्र वडा नं– ३ याङ्जाकोटस्थित डाँडागाउँ आमा समूहले थप आयआर्जनका साथै आगन्तुक पाहुनाको स्वागतका लागि गाउँमै फूल खेती शुरु गरिएको समूहका अध्यक्ष पूर्णश्री गुरुङले बताउनुभयो । घरवास कार्यक्रमलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ व्यावसायिकरुपमा फूलखेती शुरु गरिएको उहाँले जानकारी दिनुभयो । स्थानीय ननसुब्बा गुरुङले निःशुल्क प्रदान गर्नुभएको करीब एक रोपनी जग्गामा टनेलसहित रु चार हजारमा खरीद गरेको फूलको बीउबाट बेर्ना उत्पादन गरी खुलारुपमा ५०० बिरुवा रोपिएको उहाँले बताउनुभयो । फूलखेतीका लागि कूल रु ५० हजार खर्च गरिएको जानकारी दिँदै उहाँले त्यसका लागि वडास्तरीय बजेटबाट रु २५ हजार अनुदान प्राप्त भएको जानकारी दिनुभयो । टलेनभित्र ढकमक्क सयपत्री फूल फुलेका र घरवासमा आउने पाहुनालाई त्यही फूल टिपेर सामूहिक रुपमा तयार गरेको मालाले स्वागत गर्ने समूहको अभियानलाई निरन्तरताका लागि गाउँपालिकाको महत्वपूर्ण भूमिका रहने समूहका सचिव लालकुमारी गुरुङले बताउनुभयो । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ अन्नपूर्ण आरोहण दिवस मनाउन सो घरवास कार्यक्रममा पुगेको टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घ एवं नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखासहितको करीब १०० को हाराहारीमा रहेको टोलीलाई स्थानीय विभिन्न पाँच वटा आमा समूहले तयार गरेका मालाले स्वागत गरेका थिए । याङ्जाकोट सामुदायिक घरवास सञ्चालक समितिका अध्यक्ष रोशन गुरुङका अनुसार आमा समूहले सामूहिकरुपमा उत्पादन गरेको अर्गानिक फूल खरीद गरी पाहुनालाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । गाउँमा रहेको बाँझो जग्गामा युवा शक्तिलाई परिचालन गरी कृषिमा संलग्न गराई जैविक उत्पादनमा जोड दिइने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रमणीय गाउँ याङ्जाकोटमा २५० वटा घरमध्ये अहिले १० वटामा घरवास कार्यक्रम सञ्चालन गरिएको छ जसमा १५० को क्षमता रहेको छ । खादा र आयातीत मालारहित घोषित सो गाउँपालिका १२ वटै वडामा फूल उत्पादनका लागि आमा समूहलाई अनुदानको व्यवस्था गरिएको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो । पहिलो आर्थिक वर्षमा पर्यटकीय गाउँ ताङतिङको आमा समूहलाई रु एक लाख अनुदान प्रदान गरी फूल उत्पादनलाई जोड दिइएको उल्लेख गर्दै उहाँले बाह्रै महीना फूल उत्पादन गर्नेतर्पm गाउँपालिकाले तयारी गरिरहेको बताउनुभयो ।
Categorized in राष्ट्रिय