STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

जन्ती बस दुर्घटनामा ५ घाइते

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २, बिहिबार

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जन्ती बोकेर काठमाडौँबाट समुद्रटारतर्फ जाँदै गरेको बा२ख २३८६ नंको बस दुर्घटना भएको नुवाकोट प्रहरी प्रमुख कृष्ण पल्ली मगरले बताउनुभयो । घाइतेलाई उपचारका लागि काठमाडौँ पठाउँदै गरिएको बताइएको छ । चालक फरार रहेको र घटनाको विवरण आउन बाँकी रहेको मगरले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना