STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ९, बिहिबार

काठमाडौँको वातावरण प्रदूषण सुधार गर्न काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ । कामपाले बुधबार यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तनमा फोहरमैलाले पारेको प्रभाव’ विषय गोष्ठीमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सवारी साधनबाट आउने धुवाँ कम हुनासाथ वातावरण प्रदूषणमा सुधार आउने हुँदा त्यसका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी गराउनुभयो । काठमाडौँ उपत्यकामा उत्पादन भएको घरेलु फोहरलाई दिगोरूपमा व्यवस्थापन गरेर जलवायु परिवर्तनमा पर्ने असर रोक्न सामूहिक सहकार्य आवश्यक हुने पनि प्रमुख शाक्यले बताउनुभयो । प्रमुख शाक्यले भन्नुभयो, “शहरमा रहेका समस्या पहिचान गर्नेभन्दा पनि समाधानको उपाय खोज्ने व्यक्तिको आवश्यक रहेको हुँदा आम नागरिकसँग जोडिएका समस्या समाधानमा विकल्प दिने जोकोहीलाई पनि स्वागत छ ।” गोष्ठीमा उपप्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठ० ले फोहरमैला व्यवस्थापन भनेको एक पक्षले मात्र काम गरेर नहुने भन्दै यसको सुधारका लागि व्यक्तिगत आचरण सुधारबाट अघि बढ्नुपर्ने बताउनुभयो । गोष्ठीमा वातावरणविद् भूषण तुलाधरले कामपामा उत्पादन हुने फोहरले जलवायु परिवर्तनमा पारेको प्रभावका विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसबाट हुने असर कम गराउन व्यक्तिगत तहबाट काम थालनी गर्नुपर्ने धारणा राख्नुभयो ।
Categorized in राष्ट्रिय