STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

नेवाः स्वायत्त प्रदेश र ताम्सालिङ स्वायत्त प्रदेश घोषणाको माग

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १५, बिहिबार

नेवाः ताम्सालिङ समन्वय समितिले नेवाः स्वायत्त प्रदेश र ताम्सालिङ स्यायत्त प्रदेश घोषणा गर्न माग गर्दै विभिन्न कार्यक्रम अगाडि सारेको छ । समितिले संख्याकरण गरी नेवाः स्वायत्त प्रदेश र ताम्सालिङ स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने माग गरी कोणसभा अभियान सुरु गरेको हो । अमियानले बुधबार काठमाडौंको असनमा कोणसभा गरेको थियो भने साँझ ३ बजे कालिमातिमा पनि कोणसभा गरेको थियो । त्यसैगरी बुधबार देखि नै कार्तिक १९ गतेसम्म कोणसभा गर्न लागेको छ । बिहिबार कार्तिक १५ गते बिहान ११ बजे चाबहिलमा र साँखुमा बिहिबार कार्तिक १५ गते साँझ ४ बजे कोणसभा गर्ने भएको छ । त्यसैगरी कार्तिक १६ गते बिहान ११ बजे किर्तिपुरमा र ३ बजे थानकोटमा कोणसभा हुने भएको छ भने १७ गतेम बिहान ११ बजे र ३ बजे पाटनको लगनखेलमा र खोकनामा दिनको ३ बजे, कार्तिक १८ गते बिहान ११ बजे मध्यपुर थिमिमा र दिनको ३ बजे भक्तपुरमा कोणसभा हुने आयोजकले जनाएको छ । त्यसै क्रममा कार्तिक १९ गते बिहान ११ बजे तोखामा र ३ बजे बालाजुमा कोणसभा गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
Categorized in राजनीति