relans
ni new 83
nib 2082 5

रेडियो जगतका कालजयी रेडियोकर्मी वासुदेव मुनालको संस्मरणात्मक पुस्तक लाेकार्पण

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ मङ्सिर १४, आइतबार

रेडियो जगतका कालजयी  रेडियोकर्मी तथा गायक वासुदेव मुनालको संस्मरणात्मक पुस्तक ‘आओ ! मेरा प्यारा प्यारा भाइबहिनी हो ! रेडियो नजिक आओ !’ लोकार्पण गरिएको छ।

आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित समारोहमा पुस्तक लोकार्पण गरिएको हो। लाेकार्पण समारोहमा उपेन्द्र काेइरालाले स्वागत मन्तव्य राखेका थिए भने साहित्यविद् अभि सुवेदी , अभिनेत्री शर्मिला मल्ल , गायक स्वरुप राज आचार्य , अभिनेता दिपकराज गिरी र प्रकाशित पुस्तकका सम्पादक प्रभाकर गाैतम लगायतले मन्तव्य राखेका थिए भने स्रष्टा मुनालका सुपुत्र माेहित मुनालले धन्यवाद ज्ञापन गरेका थिए । पुस्तककाे लाेकार्पण विशेष अतिथि  अभि सुवेदी , शर्मिला मल्ल सम्पादक प्रभाकर गाैतम, गायक सुगम पाेखरेलका साथै वासुदेव मुनालका धर्मपत्नी ईन्दिरा काेइराला, पुत्र माेहित मुनाल, बुहारी राेजिना सुवाल काेइराला, नाति सम्भव मुनाल काेइराला ले गरेका थिए ।

बुक हिलले वासुदेव मुनाल स्मृति प्रतिष्ठानसँगको सहकार्यमा पुस्तक प्रकाशन गरेको हो भने   प्रकाशित   पुस्तकमा मुनालका जीवनका स्मृति, सुखदुःखका अनुभव तथा रेडियो नेपालको यात्रालगायत विषय समेटिएका छन्।  

पुस्तकका संकलक तथा मुनालका छोरा मोहित मुनालले बुवाको एउटा सपना पूरा गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताउनुभयो। उहाँले पुस्तकमार्फत रेडियोमा सुनिने वासुदेव मुनालको आवाजसँगै उहाँको व्यक्तिगत जीवन र यात्राबारे पनि पाठकले जानकारी पाउने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘वासुदेव मुनाल एउटा समयको ट्रेडमार्क आवाज हुनुहुन्थ्यो। रेडियो नेपालको बाल कार्यक्रम नसुन्ने मानिस कमै भेटिन्छन्। उहाँको आवाज धेरैले सुने पनि व्यक्तिगत यात्राबारे कमैलाई थाहा छ। त्यही यात्रा सबैसामु ल्याउन बुवाले लेखेका कुराहरू संकलन गरेर पुस्तक प्रकाशन गरेका हौँ।’

कार्यक्रममा वासुदेव मुनालप्रति सांगीतिक सम्मानसमेत अर्पण गरिएको थियो।

Categorized in राष्ट्रिय
ppp 2