relans
ni new 83
nib 2082 5

कीर्तिपुरका युवा समाजसेवी राजकमल महर्जनको निःशुल्क डायलाइसिस अभियान सफल

Janjati Khabar – Janjati Khabar | २०८३ मङ्सिर ३, बुधबार

कीर्तिपुर । हालको समयमा कीर्तिपुर नगरभर डायलाइसिस गर्नुपर्ने बिरामीहरुका लागि सहयोगी हातको रुपमा चर्चा परिचर्चामा छन् कीर्तिपुर नगरपालिका २ वडा देवढोका टोलका युवा समाजसेवी राजकमल महर्जन ।

स्वास्थ्य सेवा कुनै पनि नागरिकका लागि आर्थिक बोझ बन्नु हुँदैन भन्ने सोचका साथ निरन्तर बृहत् अभियानको रुपमा लागिरहनुभएका राजकमल महर्जन करिब ६ महिनाअघि कीर्तिपुर अस्पतालमा थप १ वटा डायलाइसिस मेसिन जडान गर्न पहल गरेर चर्चामा आउनुभएका युवा समाजसेवी हुन् भने उहाँ राजकमल महर्जन आज फेरि मृगौलाका बिरामीका लागि अर्को महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल हुनुभएको छ ।

कीर्तिपुरका युवा समाजसेवी महर्जनकै निरन्तर पहल र प्रयासबाट कीर्तिपुर अस्पतालमा २०८३ मंसीर १ गते मंगलबारदेखि डायलाइसिस गर्दा लाग्ने रु. ५०० शुल्क निःशुल्क भएको छ भने डायलाइसिस गर्नुपर्ने बिरामीको आवश्यक ल्याब परीक्षण -Lab Test_ मा लाग्ने सम्पूर्ण खर्चसमेत निःशुल्क भएको छ । युवा समाजसेवी राजकमल महर्जनको यो प्रयास उदाहरणीय एवं प्रशंसनीय छ ।

युवा समाजसेवी महर्जन यतिमै सीमित नभई उहाँले थप २ वटा डायलाइसिस मेसिन यथाशीघ्र जडान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै, डायलाइसिस गराउनुपर्ने बिरामीहरूको सहजताका लागि बिरामी ओसारपसार गर्ने निःशुल्क सवारीसाधन (-Dialysis Patient Transfer Vehicle_ को व्यवस्थाका लागि पनि पहल भइरहेको जानकारी उहाँले जनजाति खबरलाई दिनुभएको छ ।

कीर्तिपुरका उहाँ युवा समाजसेवी राजकमल महर्जनको उल्लेखनीय प्रयासमा  फेक्ट नेपाल, कीर्तिपुर अस्पतालमा कीर्तिपुर नगरपालिकाले सिफारिस अनुसार भएको निर्णयमा कीर्तिपुर अस्पतालमा कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीद्वारा हस्ताक्षरित मंसीर १ गतेदेखि मृगौंला विरामीहरुका लागि डायलाइसिस निःशुल्क भएको जानकारी सार्वजनिक भएको छ ।

कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीद्वारा हस्ताक्षरित जानकारी पत्रमा यस फेक्ट–नेपाल, कीर्तिपुर अस्पतालमा कीर्तिपुर नगरपालिकाले सिफारिस गरेको हेमोडायलाइसिसका विरामीहरुले डायलाइसिस शुल्क प्रति पटक रु. २,५००/– मध्ये कीर्तिपुर नगरपालिकाले रु. १,०००/– र कीर्तिपुर अस्पतालले रु. १,०००/– ब्यहोर्ने गरी विरामीले रु. ५,००/– तिरी डायलाइसिस गरिरहेकोमा २०८३ मंसीर १ गते मंगलबारदेखि विरामीले तिरिरहेको रु. ५,००/– पनि नगरपालिकाले व्यहोर्ने भएकोले विरामीहरुको लागि डायलाइसिस शुल्क निःशुल्क हुने र डायलाइसिस गर्नुपर्ने विरामीहरुका लागि कीर्तिपुर अस्पतालको तर्फबाट कीर्तिपुर नगरपालिका तथा जनसमुदायका चाहनालाई ध्यानमा राख्दै मनन गर्दै हेमोडायलाइसिस विरामीहरुसित सम्बन्धित नियमित रगत जाँच निःशुल्क गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ भन्ने उल्लेख गरिएको छ ।

समाजसेवी राजकमल महर्जनको प्रयासमा तथा कीर्तिपुर नगरपालिकाले गरेको सिफारिसबाट कीर्तिपुर अस्पतालले मृगौंला सम्बन्धी विरामीहरुका लागि निःशुल्क डायलाइसिस एवं रगत जाँच निःशुल्क गरेको एक महत्वपूर्ण पाइलाको रुपमा लिन सकिन्छ ।

कीर्तिपुर नगरका लागि समाजसेवी राजकमल महर्जनले सुरु गरेको यो अभियान कीर्तिपुरमा मात्र सीमित नरही कीर्तिपुर नगरपालिकाको मात्र नभई समग्र नेपाल राष्ट्रभर नेपाल सरकारको पहलमा सम्पूर्ण मृगौला विरामीले निःशुल्क सेवा पाउन सकिने व्यवस्था हुनुपर्नेमा पनि सम्बन्धित सरोकारवाला विश्लेषकहरुले गरेका छन् ।

कीर्तिपुरका युवा समाजसेवी राजकमल महर्जनको स्वास्थ्य क्षेत्रमा यस्तो उदाहरणीय प्रयासको सकारात्मक रुपमा चर्चा परिचर्चा गर्दै कीर्तिपुर नगरका सचेत विश्लेषकहरुले चैत्र महिनाको दोस्रो साता अब आउने स्थानीय सरकारको निर्वाचनमा राजकमल महर्जनको सन्दर्भ लक्षित गर्दै विभिन्न पार्टीहरुले जसरी राजकमल महर्जनको खुबी स्वास्थ्य क्षेत्रमा रहेको छ त्यस्तै विभिन्न क्षेत्रमा खुबी भएका राजकमल जस्ता खुबी भएका व्यक्तिलाई नगर प्रमुखको उम्मेदवारी दिनुपर्छ र भिजन भएका समाज सेवकको रुपमा आफ्नो चिनारी दिइसकेका युवाकै नेतृत्वमा कीर्तिपुर नगरपालिका सुम्पिनु पर्छ भन्ने गाइँगुइँ चलेको छ कीर्तिपुर नगरभित्र ।  

अवश्य पनि, अब आउने स्थानीय सरकारको निर्वाचनमा कीर्तिपुरका जनताले सेवा भावनाले जागृत व्यक्तित्व एवं नगर र जनताप्रति समर्पित हुने तथा नगर विकास र जनभावनामा भिज्न सक्ने निरन्तर पहलकर्ता अनि समाजमा सकारात्मक परिवर्तनको लागि अगुवा बन्न सक्ने जुनसुकै पार्टीका होस्, ती व्यक्तिलाई कीर्तिपुर हाँक्न दिनुपर्छ भन्ने चर्चा परिचर्चा हाल कीर्तिपुर नगरमा तरंगित भइरहेको अवस्था छ ।

Categorized in स्वास्थ्य-मौसम
ppp 2