relans
ni new 83
nib 2082 5

मगर संस्कृतिको मौलिक कथामा ‘जलाकी’ चलचित्र मंसिर ४ गते आउने

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ कार्तिक २०, बिहिबार

मगर समुदायको मौलिक सांस्कृतिक प्रतीक जलाकीलाई प्रेम, त्याग, विछोड र सम्झनाको भावनात्मक कथासँग जोड्दै फिल्म ‘जलाकी’ दर्शकमाझ आउने तयारीमा छ। यसभन्दा अघि खुश्मा जस्तो सफल चलचित्र बनाइसकेका   निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको याे फिल्मले एउटा समुदायको सांस्कृतिक पहिचानसँगै सबै मानिसको जीवनमा जोडिने प्रेम र मानवीय संवेदनालाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरेको छ।

फिल्ममा उपासना सिंह ठकुरी, सोनाम तोप्देन र शिल्पा मास्केलगायत कलाकारको अभिनय रहेको छ। मगर समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई प्रेमकथासँग जोडेर प्रस्तुत गर्नु फिल्मको अर्को विशेषता हो। आफ्नै माटोमा जन्मिएको सांस्कृतिक कथालाई सिनेमाको माध्यमबाट व्यापक दर्शकमाझ पुर्‍याउने प्रयासले नेपाली फिल्मको मौलिक पहिचानलाई समेत महत्त्व दिएको छ।

फिल्मको ट्रेलरले प्रेम, त्याग, विछोड र सम्झनाका विविध अनुभूतिको झलक प्रस्तुत गरेको छ। ढुङ्गामा सुरक्षित रहने सम्झनालाई पर्दामा जीवन्त बनाउने प्रयास गरेको ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ।

Categorized in सिनेमा
ppp 2