relans
ni new 83
nib 2082 5

ईन्दिरा धिमेमैंबाट बेलायतमा जिते सुरेन्द्र तुलाधर र राेजिना सुवाललाई अवार्ड

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन १५, बिहिबार

बेलायतको एम्पायर हलमा सम्पन्न 'दोस्रो नेपाल आदिबासी जनजाति चलचित्र महोत्सव (एनआईएफएफ मा लिम्बू चलचित्र मुन्धुमः अ सेक्रेट अफ साम आदिवासी फिचर चलचित्रतर्फको चलचित्रको उपाधि चुमेको छ। आइतबार २७ सेप्टेम्बरमा सम्पन्न यस महोत्सवमा विभिन्न समुदायका चलचित्रहरूलाई उछिनेर 'मुन्धुम' प्रतिष्ठित अवार्ड हात पारेको हो।

नेपाल भाषाको  चलचित्र 'इन्दिरा धिमे मैचा' बाट सुरेन्द्र तुलाधर उत्कृष्ट निर्देशक र राेजिना सुवाल उत्कृष्ट अभिनेत्री काे पुरस्कार जित्न सफल भएको छ भने नेपालभाषाकाे जय लाखे उत्कृष्ट एनिमेशन फिल्म अवार्ड जित्न सफल भएको छ   ।

यस्तैगरी मगर चलचित्र 'देसान' बाट भोला सापकोटाले उत्कृष्ट सहायक अभिनेताको अवार्ड जितेका छन्। त्यसैगरी, मगर चलचित्र 'रोष' ले उत्कृष्ट सिनेम्याटोग्राफरको उपाधि पाउँदा गुरुङ चलचित्र 'तेनोकुर्सी-ढोगभेट' बाट राजेन्द्र खड्‌का उत्कृष्ट सम्पादक र गणेश गुरुङ 'सुभाष' उत्कृष्ट लेखक घोषित भएका छन्। सिक्किमको लिम्बू चलचित्र 'नुमाहाङ्गा' बाट नियरा सुब्बाले उत्कृष्ट डेब्यु निर्देशक र नेवारी चलचित्र 'जये लाखे' ले उत्कृष्ट एनिमेसन चलचित्रको अवार्ड हात पारेका छन्।

यस्तै, छोटो चलचित्र विधाअन्तर्गत 'ता‌सिङ' ले उत्कृष्ट छोटो चलचित्र र 'चारदाम' ले उत्कृष्ट छोटो चलचित्र जुरी अवार्ड जितेका छन्। वृत्तचित्रतर्फ भने 'बाल्ढ्याङ्गगढी' उत्कृष्ट वृत्तचित्र घोषित भएको छ। साथै, 'विराटनगर के प्राचीन राजवंशी' ले उत्कृष्ट एआई (AI) वृत्तचित्र र 'तान्त्रिक डान्स' ले उत्कृष्ट वृत्तचित्र जुरी अवार्ड प्राप्त गर्न सफल भएका छन्।

महोत्सवको पहिलो चरणमा चलचित्र तथा डकुमेन्ट्रीहरू प्रदर्शन गरिनुका साथै नेवारी, लिम्बू, मगर र सुनुवार समुदायका सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी अध्यक्ष गंगामाया दुराले स्वागत मन्तव्य राखेकी थिइन् भने फेस्टिभल निर्देशक तथा चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधानले यस्ता महोत्सवले आदिवासी चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न जातीय संस्थाका प्रतिनिधि, मेयर, काउन्सिलर लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

फेस्टिभल निर्देशक तथा चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण कुमार  प्रधानले आदिवासी समुदायका कथा, पहिचान, संस्कृति र जीवनशैलीलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुऱ्याउने उद्देश्यले यो महोत्सव आयोजना गरिएको बताए भने यसको तेस्रो संस्करण आगामी वर्ष सन् २०२७ मे १ तारिख काे दिन हुने घाेषणा पनि गरे । 

Categorized in सिनेमा
ppp 2