STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निखिल डीआईडी, ‘कङ्गाल करोडपति’बाट नेपाली फिल्ममा प्रवेश

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ भाद्र ३, बुधबार

नेपाली नृत्य क्षेत्रमा करिब डेढ दशकदेखि निरन्तर सक्रिय रहँदै आएका पदम सिंह (निखिल डीआईडी) अब नेपाली चलचित्रमा नयाँ अध्याय सुरु गर्ने भएका छन्। उनी निर्देशक राजु श्रेष्ठको आगामी चलचित्र ‘कङ्गाल करोडपति’ मा अभिनेता रूपमा अनुबन्धित भएका छन्।

डान्स इन्डिया डान्स (DID) जस्तो अन्तर्राष्ट्रिय चर्चित रियालिटी शोमा सहभागिता जनाएर चर्चा कमाएका पदमले एपीवानबाट प्रसारण भएको डान्स च्याम्पियनसिप सिजन–२ मा पनि उत्कृष्ट प्रस्तुति दिएका थिए। नृत्य, कोरियोग्राफी र दर्जनौं म्युजिभिडियोमार्फत आफ्नो अलग पहिचान बनाएका उनले अब चलचित्र अभिनयमा आफ्नो क्षमता देखाउने अवसर पाएका हुन्।

निर्माण टिमले सार्वजनिक गरेको स्वागत पोस्टरसँगै पदम सिंहलाई चलचित्र परिवारमा औपचारिक रूपमा स्वागत गरिएको छ। टिमका अनुसार उनको अनुभव, अनुशासन र कलाकारिताले चलचित्रलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

निर्देशक राजु श्रेष्ठको निर्देशनमा बन्ने ‘कङ्गाल करोडपति’ को कथा तथा पटकथा सुमन गजमेरले तयार पारेका हुन्। चलचित्रका निर्माता अनिल कुमार बुढाथोकी र अश्विन बराल रहेका छन् भने पूर्व-निर्माणको काम तीव्र रूपमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ।

१६ वर्षको संघर्ष, समर्पण र निरन्तर अभ्यासपछि चलचित्रमा पाइला राखेका पदम सिंहका लागि ‘कङ्गाल करोडपति’ करियरको एउटा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

Categorized in सिनेमा