STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इन्फा अवार्डमा मदनकृष्ण श्रेष्ठलाई लाईफ टाइम अभिभमेंट अवार्ड

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ भाद्र १, सोमबार

इन्फा अवार्ड २०२६ र नेपाली सिनेमा क्षेत्रको चर्चा यतिबेला वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिने विशेष ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ का कारण थप चुलिएको छ।

आगामी १५ अगस्ट शनिबारको दिन  काठमाडौंको होटल याक एन्ड यतिमा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्डमा श्रेष्ठलाई रु १ लाख ११ हजार १ सय ११ सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको हो। नेपाली कला, फिल्म, रंगमञ्च, टेलिभिजन, हास्यव्यङ्ग्य र सामाजिक चेतनामूलक सिर्जनामा उनले पुर्‍याएको लामो योगदानको सम्मानस्वरूप यो विशेष सम्मान प्रदान गर्न लागिएको आयोजकले जनाएको छ।

दशकौँदेखि नेपाली दर्शकलाई हँसाउँदै, सोच्न बाध्य पार्दै र समाजका विभिन्न पक्षमाथि सिर्जनात्मक आवाज उठाउँदै आएका मदनकृष्ण श्रेष्ठको यो सम्मान एउटा कलाकारको व्यक्तिगत उपलब्धिभन्दा धेरै ठूलो अर्थ बोकेको छ। यो नेपाली मनोरञ्जन र सांस्कृतिक यात्रामा उनले छोडेको दीर्घ प्रभावप्रतिको सम्मान हो।

यस वर्ष इन्फा अवार्डमा २० प्रतिस्पर्धात्मक विधामा पुरस्कार प्रदान गरिनेछ भने अनुभवी निर्णायक मण्डलले विजेता चयन गर्नेछ। अब अवार्ड समारोह नजिकिँदै जाँदा नेपाली फिल्म क्षेत्रको नजर १५ अगस्टको विशेष साँझतर्फ केन्द्रित भएको छ।

Categorized in साहित्य-कला