संगीतकार अनिल शाहीकाे दुईवटा गीत सार्वजनिक
Janjati Khabar – Janjati Khabar | २०८३ श्रावण २९, शुक्रबार
गायक तथा संगीतकार अनिल शाहीको नयाँ प्रस्तुति ‘हिमालयन फ्लेमिन्का" सांगितिक भिडियो' बजारमा आएको छ।
बुधबार कार्यक्रम गरी शाहीको भिडियो सार्वजनिक गरिएको हो। भिडियो सार्वजनिक कार्यक्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतज्ञ किशोर गुरुङ , गायिका संगीता थापा र फिल्म समालोचक तथा निर्देशक प्रकाश सायमी र पत्रकार विजयरत्न असंबरेले गीतको भिडियो बारे आफ्नो टिप्पणी राखेका थिए भने गायकहरु प्रकाश श्रेष्ठ, जुजुकाजी रन्जित , भिम तुलाधर लगायत धेरै सांगीतिक व्यक्तित्वको उपस्थिति रहेको थियो । याे भिडियो का छायाँकार कृष्ण विश्वकर्मा हुन् र यसमा अनिल शाही काे साथमा श्रितिका श्रेष्ठले अभिनय गरेका छन् र राेहिया महर्जनले नृत्य निर्देशन गरेका छन् ।
यससँगै गायक राजेन्द्र श्रेष्ठले निशा देसारसंग गाएको नेपाल भाषााको युगल गीत ह्यांगु स्वा'पनि साेही कार्यक्रममा ञ सार्वजनिक गरिएको छ। यो गीत जनक वाग्लेले लेखेका हुन्। सार्वजनिक भएका दुवै गीतको संगीतकार अनिल शाही र निर्देशन विश्वास बज्राचार्यले गरेका हुन् भने नेपालभाषाकाे गीतमा राेजिना सुवाल र सनि शाक्यले अभिनय गरेका छन् । यी दुबै भिडियो ज्याेति म्युजिक काे युट्युबमा अपलाेड गरिएको छ ।
Categorized in साहित्य-कला

