STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र विकास बाेर्डमा सदस्य सचिव काे विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण २२, शुक्रबार

चलचित्र विकास बोर्डका सदस्य–सचिव  राजेश कुमार थापा लाई  आफ्नो कार्यकालमा बोर्डको संस्थागत विकास, प्रशासनिक व्यवस्थापन तथा नेपाली चलचित्र क्षेत्रको उन्नयनका लागि पुर्‍याउनुभएको योगदानप्रति हार्दिक आभार व्यक्त गर्दै ससम्मान विदाई गरिएको छ।

यसै अवसरमा बोर्डको सदस्य–सचिवको जिम्मेवारी सम्हाल्न आउनुभएका  सबिन सिंह चौधरी लाई हार्दिक स्वागत गर्दै सफल, प्रभावकारी तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

निवर्तमान सदस्य–सचिव थापा को आगामी यात्राको सफलताको कामना गर्दै नवनियुक्त सदस्य–सचिव  चौधरी को नेतृत्व र समन्वयमा बोर्डका कार्यहरू थप व्यवस्थित एवं प्रभावकारी रूपमा अघि बढ्ने विश्वास चलचित्र विकास बाेर्डले लिएका छौँ भनी अध्यक्ष दिनेश राज दाहाल डिसिले भन्नु भयो   ।

Categorized in सिनेमा