म्युजिक खबर म्युजिक अवार्डमा दिइने सम्मान तथा पुरस्कारको घोषणा, शम्भूजितलाई दीर्घ साधना सम्मान
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ ११, बिहिबार
म्युजिक खबर म्युजिक अवार्डको १३ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । राजधानीको बालुवाटारस्थित आम्रपाली बैंक्वट एण्ड इभेन्टमा, असार १४ गते हुने अवार्ड समारोहमा प्रतिष्ठित संगीतकार शम्भुजित बास्कोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ अर्पण गरिने भएको कार्यक्रम की संयोजक सबिता पोखरेलले जानकारी दिनुभएको छ । पोखरेलका अनुसार संगीतरत्न शम्भुजित बासकोटासँग गीतकार उन्नति बोहरा शीला, गीतकार विजय शिवाकोटी, गायक शिव परियार, गायिका कालिका रोका, गीतकार पुरुषोत्तम सानु र सुशिला पौडेल, संचारकर्मी कुवेर गिरी र गोपीकृष्ण चापागाई लगायतलाई सम्मान गरिने भएको छ ।
नेपाली गीत–संगीतको उत्थानमा पाँच दशक भन्दा लामो समय अनवरत र अविस्मरणीय साधनाको उच्च कदर गर्दै बहुआयामिक संगीतकर्मी शम्भुजित बास्काटालाई नगद राशि रु ५१ हजार, सम्मानपत्र र दोसल्ला सहित ‘म्यूजिक खबर दीर्घ साधना सम्मान’ अर्पण गरिने भएको छ ।
त्यस्तै समारोहमा लागि गीति लेखनमा सांगीतिक इतिहास बोक्नु भएको गीतकार उन्नती बोहरा ‘शीला’लाई ‘म्युजिक खबर शब्द शीला विशिष्ट सम्मान अर्पण गरिने छ । ।‘नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान’ की पूर्व प्राज्ञ परिषद् सदस्य रहनुभएको उहाँ साहित्यिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
यसैगरि समारोहमा साढे तीन दशक बढी समय नेपाली गीत संगीतमा खर्चिएका बरिष्ठ गीतकार विजय शिवाकोटीलाई ‘म्युजिक खबर रजत संगीत सम्मान –२०८२’ सम्मान अर्पण गरिने भएको छ ।
त्यस्तै शिव परियार र गायिका कालिका रोकालाई यस वर्षको ‘म्यूजिक खबर दशकको संगीत सम्मान’ अर्पण गरिने भएको छ । गायक शिव परियार दुई दशक भन्दा लामो समयदेखि गीतसंगीत क्षेत्रमा क्रियाशील रहँदै आउनु भएको छ । । त्यस्तै गायिका कालिका रोका नेपाली लोकदोहोरी क्षेत्रमा सांगीतिक इतिहास बोकेकी गायिका हुनुहुन्छ ।
यस्तै सोही समारोहमा स्रष्टाद्वय सुशिला पौडेल र पुरुषोत्तम सानुलाई ‘म्युजिक खबर दशकको संगीत सम्मान’ अर्पण गरिने भएको छ । सुशिला नेपाली सङ्गीत र साहित्य क्षेत्रमा प्रतिभाशाली गीतकार, गजलकार र उपन्यासकाका रुपमा स्थापित भईसक्नु भएको छ । । यसैगरि गीतकार पुरुषोत्तम सानुले गीति लेखनसँगै सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दै नाम राख्नु भएको छ । दर्जनौं गीत लेखिसक्नु भएका गीतकार सानुका सिर्जनाहरूमा देशप्रेम, मानवीय भावना र जीवनका भोगाइहरू सुन्दर ढङ्गले प्रस्तुत भएका हुन्छन् । उहाँको शब्द रचनामा तयार भएको र प्रसिद्ध गायक राजेश पायल राईको स्वर रहेको ‘फर्की आउने हो कि होइन’ बोलको गीत (चलचित्रः मिशन एभरेष्ट) संगीतप्रेमीहरू माझ निकै लोकप्रिय र मर्मस्पर्शी मानिन्छ ।
त्यस्तै पत्रकारद्वय कुबेर गिरी र गोपिकृष्ण चापागाईंलाई ‘म्युजिक खबर संगीत पत्रकारिता सम्मान’ अर्पण गर्न लागिएको छ । पत्रकार गिरीले आफ्नो अढाई दशक लामो करियरमा विभिन्न साप्ताहिक, मासिक पत्रिका, नेपाल समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनको चलचित्र समाचार विधामा काम गरिसकेका छन् । हाल रातोपाटी डटकम मा वरिष्ठ रङ्ग पत्रकारको रूपमा आबद्ध छन । चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय उपाध्यक्ष (निवर्तमान उपाध्यक्ष) को रूपमा समेत नेतृत्वदायी भूमिकामा रहेर काम गरेका उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनी नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्य पदमा नियुक्त भएका थिए ।
यसैगरि गोपिकृष्ण चापागाईं नेपाली रङ्ग पत्रकारिता क्षेत्रका एक चर्चित तथा सक्रिय युवा पत्रकार र सञ्चारकर्मी हुन् । नवलपरासीबाट पत्रकारिता सुरु गरेका उनले स्थानीय रेडियो तथा देवचुली टेलिभिजनमा समाचार वाचकको रूपमा काम गरे । पछि काठमाडौँ छिरेर उनले हिमालय टाइम्स राष्ट्रिय दैनिक को मनोरञ्जन विभाग प्रमुख र हिमालय टेलिभिजनमा ‘सेलेब्स टक शो’ प्रस्तोताका रूपमा अनुभव बटुले छ ।
त्यसैगरी गीतकार पुष्पा खनाललाई ‘१३औं म्युजिक खबर म्युजिक अवार्ड २०८२’को अवसर पारेर ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान २०८२’ गरिने भएको छ । नेपाली सांगीतिक क्षेत्रमा शब्द सिर्जनाको अब्बल खानी मानिनुहुन्छ ।
अवार्ड समारोहमा बालकलाकार युनिश घिमिरेलाई यस वर्षको ‘म्युजिक खबर बालप्रतिभा सम्मान–२०८२’ अर्पण गरिने भएको छ । १० वर्षीय घिमिरेले अभिनय तथा नृत्य गरेको पहिलो म्युजिक भिडियो खेम सेन्चुरी र सुनितामी परियारको स्वर रहेको गीत ‘लाजको पर्दा’ हो । त्यसपछि गायक नरेश खाती र गायिका रचना रिमालको स्वरले सजिएको गीत ‘पैसा फुल्ने बुटो’, गायिका सुष्मा शाही ठकुरी र गायक सन्दिप सेन्चुरीको स्वरमा रहेको ‘मकैबारी द¥याम द¥याम’ गीतको चाइल्ड भर्सनमा अभिनय तथा नृत्य गर्नु भएको छ ।
यस्तै गायक, संगीतकार एवं गीतकार डा. रणजित झालाई समारोहको मञ्चमा ‘म्युजिक खबर संगीतकर्मी सम्मान–२०८२’द्वारा सम्मानित गरिने भएको छ । झाले नेपाली संगीतलाई विविध सिर्जनाले समृद्ध बनाएका छन् ।
त्यस्तै नेपाली सञ्चार तथा सिर्जनात्मक क्षेत्रको विकास र प्रवद्र्धनमा निरन्तर सक्रिय उदयराज शर्मालाई ‘म्युजिक खबर सञ्चारकर्मी सम्मान–२०८२’ अर्पण गरिने भएको छ । वरिष्ठ टेलिभिजन पत्रकार, छायाँकार, भिडियो सम्पादक, निर्देशक, प्रस्तोता तथा कलाकारका रूपमा उनले करिब दुई दशकदेखि नेपाली कला, गीत, संगीत, साहित्य, चलचित्र, भाषा र संस्कृतिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ ।
Categorized in साहित्य-कला

