STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फोनिज उपत्यका समन्वय समितिमा प्रशान्त मालि

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ ७, आइतबार

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय समितिको शनिबार सम्पन्न प्रथम अधिवेशनबाट प्रशान्त मालीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ।

अधिवेशनले नयाँ कार्यकालको लागि समितिको उपाध्यक्षमा राजुरादेव बज्राचार्य, महिला उपाध्यक्षमा रमिता छुजु, महासचिवमा प्रविन किराती, कोषाध्यक्षमा चाँदनी तामाङ र सचिवमा राजेश बज्राचार्य, महिला सचिवमा सरिना बज्राचार्य चयन भएका छन् ।

सदस्यहरुमा विकास माली, सपना थामी, ईश्वर महर्जन, दिलिप शाही, बाबुकाजी महर्जन, नरेश महर्जन, नन्दश्याम महर्जन, तुल्सी प्रजापति, बासु शाही, भुपेन्द्र शाक्य, सुविन शाक्य, हर्कबहादुर श्रेष्ठ चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष मालीले उपत्यकाभित्र कार्यरत आदिवासी जनजाति पत्रकारलाई संगठित गर्दै संस्थाको उद्देश्यअनुरूप काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

फोनिज संघीय महासचिव समिर बलामीले पत्रकारितामार्फत आदिबासी जनजाति समुदायका मुद्दा, अधिकार र सरोकारलाई प्रभावकारी रूपमा उठाउन नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्नुभयो । 

Categorized in राष्ट्रिय