STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अग्रज संस्कृतिविद् मल्ल के सुन्दर बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानकाे कुलपतिमा मनाेनयन

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख १७, बिहिबार

बुढानीलकण्ठ नगरपालिका, सांस्कृतिक प्रतिष्ठान ऐन, २०८० को दफा १२ को उपदफा (१) बमोजिम गठित समितिकाे  सिफारिस भए बमोजिम नेपालकाे सांस्कृतिक तथा साहित्यिक  क्षेत्र का अग्रज वरिष्ठ   संस्कृतिविद्   मल्ल के सुन्दरलाई  बुढानिलकण्ठ   नगरपालिका सांस्कृतिक प्रतिष्ठानको कुलपति/अध्यक्ष पदमा मनोनयन गरिएको खबर प्राप्त भएकाे छ ।   सााे लपल सोहीपदकाे पदावधि  ऐनको दफा ७ को उपदफा (२) बमोजिम यस नगरपालिकाको मिति २०८२/१२/२७ को ८३ औं नगर कार्यपालिका बैठककाे निर्णय अनुसार  ऐनको दफा ७ (४) बमोजिम मनोनयन भएको मितिले ४ (चार) वर्षको हुने गरी बुढानीलकण्ठ  नगरपालिका ले जनाएको छ ।

नगरपालिका ले नव नियुक्त मल्लबाट  प्रतिष्ठानको उद्देश्य अनुरूप प्रचलित ऐन, कानून तथा कार्यविधिको अधीनमा रही कला, संस्कृति तथा परम्पराको संरक्षण, प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएकाे कुुुुरा प्रमुख प्रशासकीय अधिकृत अजय बतौलाले  बताएको छ ।

Categorized in उपत्यका