डा.अर्याल र डा. बरईलाई 'नइ कपिल प्रज्ञा पुरस्कार'
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण २९, शुक्रबार
नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको अनुसन्धानमा समर्पित भए बापत युवा प्राज्ञ द्वय डा.अम्बिका अर्याल र डा.त्रिभुवन बरईलाई 'नइ कपिल प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको छ ।
सुप्रसिद्ध मनोचिकित्सक डा.कपिलदेव उपाध्यायको सम्मानमा 'नइ कपिल प्रज्ञा पुरस्कार'को स्थापना गरिएको याे पुरस्कारका राशि जनही पच्चिस पच्चिस हजार रूपियाँ रहेका छन् ।
चैत २७,२८ र २९ गते सम्पन्न हुने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा 'नइ कपिल प्रज्ञा पुरस्कार' समर्पण गरिने कुरा सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ
Categorized in साहित्य-कला

