STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गीतकार थापासहित चारजनालाई झपट पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण १४, बिहिबार

झपट पुरस्कार व्यवस्था समितिले चार जनालाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । 

समितिका अध्यक्ष अरुण राणाको अध्यक्षातामा बसेको बैठकले सो निर्णय गरेको हो ।

सनत रेग्मी र राजेन्द्र थापालाई जनही एकएक लाख रुपियाँ राशि तथा डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपियाँ राशिको झपट पुरस्कार प्रदान गरिने भएको छ ।

आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत सनत रेग्मीलाई झपट पुरस्कार प्रदान गरिने भएको छ । 

यसै गरी शब्दमार्फत नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत गीतकार जनरल राजेन्द्र थापालाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिने भएको छ । 

नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरिने भएको छ ।

इन्दिरा प्रसाईको संयोजकत्वमा गठित प्रा.डा.हेमचन्द्र नेपाल र प्रा.डा. भरतकुमार भट्टराई सदस्य रहेको झपट पुरस्कार छनौट समितिले पुरस्कृत स्रष्टाहरुको नाउँ सिफारिस गरेको कुरा झपट पुरस्कार व्यवस्था समितिका  सदस्यसचिव  रेखा राणाले जानकारी दिनु भएको छ । 

 

 

 

 

Categorized in साहित्य-कला