STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाली रेडीयोकर्मी तिमिल्सिना अष्ट्रेलियामा पुरस्कृत

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ ११, आइतबार

अष्ट्रेलियाको राजधानी क्यान्बेराको एफ् एम् ९१.१ मा नेपाली भाषाको रेडीयो कार्यक्रम निर्माता तथा संचालकका रुपमा कर्म गर्दै आइरहेका रेडियोकर्मि प्रदीप तिमल्सिना अष्ट्रेलियाको भाषा भाषीहरुको प्रसारक छाता संगठन नेशनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलिया ( एन् एम् बि सि) द्वारा हरेक बर्ष प्रदान गरिने कम्युनिटी इम्प्याक्ट अवार्ड २०२५ बाट सम्मानित भएका छन् । 

अष्ट्रेलिया भरबाट यस बर्ष बिभिन्न् आठ बिधाबाट ५१ जना मनोनयानमा परेका थिए , जस मध्ये  तिमल्सिना इनोभेटीभ मल्टिकल्चरल प्रोग्राम, बेष्ट इथ्निक प्रोग्राम अफ द एयर र कम्युनिटी इम्प्याक्ट गरि तिन बिधामा मनोनयनमा परेका थिए। 

प्रदीपले उत्पादन गरेका कार्यक्रमहरु अष्ट्रेलियाली संचारविद्हरुले मुल्यांकन गरि ति सामाग्रीहरुको गुणस्तरियता, दर्शक श्रेताहरु को प्रतिक्रियाहरु र उनका सामाग्रीहरुले अष्ट्रेलियाली बहुसासंकृतिक समूदायमा पुर्याएको सकारात्मक प्रभावका

आधारमा  शनिबार मेलबर्नमा आयोजित एक कार्यक्रममा बीच उक्त पुरस्कार प्रदान गरिएको हो। तिमल्सिनाले यो पुरस्कारले आफू लाई अझै थप जिम्मेवारी थपिएको र  समूदाय प्रति अफू अझ कर्तव्यनिष्ट हुने बताएका छन् । 

तिमल्सिना सन् २००८ मा अष्ट्रेलिया गए देखिनै अष्ट्रेलियाको सामुदायिक रेडियो संग आबद्द छन् । उनले सिड्नीको च्यास्उड स्थित नर्थ सोर रेडीयो मा ६ बर्ष र क्यान्बेरामा बिगत एघार बर्ष देखि नेपाली भाषाको रेडीयो कार्यक्रम संचालन गर्दै आईरहेका छन् । उनले टेलिभिजन सिड्नीमा नेपाली कार्यक्रम पनि संचालन गरेका थिए । 

प्रदीप रेडीयो संचालन र निर्माण बाहेक सामुदायिक गतिबिधीमा पनि उत्तिकै सकृय रहदै आएका छन् । उनि नेशनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलिया र कम्यूनिटी मेडिया ट्रेनिंग अर्गनाईजेशन अष्ट्रेलियाको कार्यकारी निर्देशक अनि अष्ट्रेलियाली सरकारको संचार मन्त्रालय मातहतको कम्यूनिटी ब्रोडकास्टींग फाउन्डेशनको आर्थिक अनुदान मूल्यांकनकर्ता पनि हुन् । उनको सबै सामूदायिक सक्रियता निस्वार्थ र स्वंयसेवि हो। पेशाले उनि रजिष्टर्ड नर्स हुन् भने हाल क्यान्बेरा अस्पतालको मानसिक स्वास्थ्य बिभागमा क्लिनिकल म्यानेजरका रुपमा कार्यरत छन्।

Categorized in व्यक्तित्व