relans
ni new 83
nib 2082 5

विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई फ्रान्सेली दुतावासद्वारा ‘सद्भावना दूत’ नियुक्त

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १७, शनिबार

गोरखा - गोरखाको आरुघाट गाउँपालिका घर भएकी विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई नेपालस्थित फ्रान्सेली दूतावासले ‘सद्भावना दूत’ नियुक्त गरेको छ ।

दुतावासले आगामी ३ जुनमा अन्नपूर्ण प्रथम हिमालको पहिलो सफल आरोहणको ७५औं वार्षिकोत्सव मनाउने सिलसिलामा उनलाई सद्भावना दूत नियुक्त गरिएको दूतावासले जनाएको छ ।

सद्भावना दूत नियुक्त भएपछि श्रेष्ठले अन्नपूर्ण हिमाल सम्बन्धमा दूतावासले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने, अन्नपूर्ण हिमाल सम्बन्धी तस्वीर प्रदर्शनी गर्ने, अन्नपूर्ण हिमाल सम्बन्धी कथा वाचन गर्ने लगायत काम गर्ने बताए ।

पर्वतारोहणको गौरवशाली इतिहासलाई सम्मान गर्दै, वातावरणीय संरक्षण र दिगो पर्वतीय पर्यटन प्रवर्द्धन गर्ने यात्रामा सँगै रहन पाउँदा गर्व लागेको पर्वातारोही श्रेष्ठको भनाई छ । श्रेष्ठले अन्नपूर्ण हिमालको पनि सफल आरोहण गरिसकेका छन् ।

Categorized in राष्ट्रिय
ppp 2