relans
ni new 83
nib 2082 5

मीनबहादुरको जग्गामा पार्टी कार्यालय बनाउने निर्णय एमाले बैठकद्वारा अनुमोदन

Janjati Khabar – Janjati Khabar | २०८१ कार्तिक ४, आइतबार

काठमाडौं- चौतर्फी विवादमा परेको भाटभटेनीका व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउने निर्णय अनुमोदन भएको छ।

सचिवालय बैठकले जग्गा लिने र घर बनाउने विषय अनुमोदन गर्ने निर्णय गरेको हो। पार्टीका एक पदाधिकारीका अनुसार, उक्त निर्णय आइतबार बसेको बैठकले अनुमोदन गरेको हो।

त्यस्तै, पार्टीको भवन निर्माणको सन्दर्भमा पार्टी निर्णयको विरुद्धमा जाने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ।

भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गामा पार्टीको केन्द्रीय कार्यालय बनाउन लागेकोमा पार्टीभित्रबाटै विरोध भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली त्यसप्रति आक्रामक देखिएका छन्। 

असोज २५ गते प्रधानमन्त्री समेत रहेका ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालयको भवन शिलान्यास गरेका थिए।

यसबारे एमालेभित्रैबाट पनि आलोचना भयो।

स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यवसायीबाट दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम भन्दै २८ लाख मतदाताको अपमान हुने तर्क गरेकी थिइन्। 

सोहीतर्फ संकेत गर्दै आइतबार साँझ बसेको पार्टी सचिवालय बैठकमा ओलीले अराजकहरू बढ्दै गएको टिप्पणी गरेका छन्। 

Categorized in राजनीति
ppp 2