STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

डीसी बने चलचित्र विकास बोर्डका अध्यक्ष

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १७, सोमबार

काठमाडौं - दिनेश डीसीले चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका छन् । डीसीले सोमबार चाबहिलस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

त्यसक्रममा उनले आफू जागिर खान, पैसा कमाउन नआएको भन्दैै काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । अध्यक्षका लागि ६ जनाको नाम छानिएकोमा सरकारले डीसीलाई नियुक्त गरेको हो । 

डीसी चलचित्र विकास बोर्डको १८ औँ अध्यक्ष हुन् । करिब डेढ महिनादेखि बोर्ड अध्यक्षको पद खाली थियो । डीसी सत्तारुढ एमाले निकट भातृ संगठनमा आवद्ध छन् । 

Categorized in सिनेमा