STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

घट्यो पेट्रोलियम पदार्थको मूल्य

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १६, आइतबार

काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल १ रुपैयाँ मूल्य घटाएको हो ।

मूल्य घटेसँगै काठमाडौँमा पेट्रोलको मूल्य अब १६३ र डिजेलको १५४ रुपैयाँ पुगेको छ । भारतबाट मूल्य घटेर आएपछि आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमको भनाई छ ।

नयाँ मूल्य शनिबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने निगमले जनाएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ३५ (प्रतिकिलोलिटर) घटेको निगमले जनाएको छ ।

Categorized in बिजनेस