STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भिक्षु गुणघोषमाथि सांघातिक आक्रमण

Janjati Khabar | २०८१ भाद्र १०, सोमबार

धुलिखेल । नेपालका संघ उपनाक (दोस्रो ज्येष्ठ भिक्षु) गुणघोष महास्थविरमाथि धुलिखेलमा अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ । धुलिखेलको पूर्वाराम बिहारमा रहनुभएका उहाँमाथि आक्रमण भएपछि बुद्धविहार भृकुटी मण्डपका प्रमुख भिक्षु कोण्डय महास्थविरले एक प्रेस विज्ञप्तिमार्फत यस घटनाको जानकारी दिनुभएको हो । प्रेस विज्ञप्तिमा भनिएको छ– ‘बुद्धभूमि नेपालका अत्यन्त सम्मानित नेपालकै दोस्रो ज्येष्ठ भिक्षु ८४ वर्षीय संघउपनायक भिक्षु गुणघोष महास्थविरलाई धुलिखेल पूर्वराम विहारमा अमानवीय तवरले आक्रमण गरी मरणाशन्न अवस्थामा पु¥याइ लुटपाट गरीनु निन्दनीय घटना हो । यसले समस्त बौद्ध जगतलाई स्तब्ध पारेको छ ।’ साथै प्रेस विज्ञप्तिमा श्रद्धेय संघउपनायकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषी पत्ता लगाइ कडा कारवाही गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गरिएको छ ।   नेपालभाषा समाचार केन्द्र

Categorized in अपराध-दुर्घटना