relans
ni new 83
nib 2082 5

“पशुपति प्रज्ञा सम्मान”द्वारा कवि राजेन्द्र शलभ सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आषाढ ८, शनिबार

अखिल भरतीय सर्वभाषा संस्कृति समन्वय समितिले काठमाडौंमा  दुईदिने “नेपाल साहित्य महोत्सव”को आयोजना गरेको छ । यही १९ र २० जूनमा भएको महोत्सवको पहिलो दिन भारतका विभिन्न प्रान्तबाट आएका तीन दर्जन भन्दा बढी कविहरूले सर्वभाषा कवि सम्मेलनमा भारतका विभिन्न प्रान्तीय भाषाहरूमा कविता वाचन गरेका थिए भने दोस्रो दिनको पहिलो सत्रमा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

सो कार्यक्रममा नेपालका कवि राजेन्द्र शलभ प्रमुख अतिथि हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता पण्डित सुरेश निरवले गर्नुभएको थियो । अन्य सहभागीलाई सहभागिता सम्मान प्रदान गर्नुका साथै नेपालका कवि शलभलाई “पशुपति प्रज्ञा सम्मान” द्वारा सम्मान प्रदान गरिएको थियो । 

सोही दिनको दोस्रो सत्रमा विशेष हिन्दी भाषाको कवि गोष्ठीको आयोजना गरिएको थियो । सो कवि गोष्ठीमा पण्डित सुरेश निरव, मधु मिश्रा, मञ्जुलता गुप्ता, भगिया खामोश, अञ्जु क्वात्रा, डा. निलम श्रीवास्तव, इन्दु राणा, विणा टेवाल, श्याम सिंह, गिरिजा कुल श्रेष्ठ र ज्ञानचन्द मर्मश आदि दुई दर्जन कविले कविता पाठ गरेका थिए । सो कार्यक्रममा कवि शलभले पनि हिन्दीमा कविता पाठ गरेका थिए ।

Categorized in साहित्य-कला
ppp 2