relans
ni new 83
nib 2082 5

प्रदेश नामाकरण पहिचानको विषय होइन : ओली

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १८, मंगलबार

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचान के हो? भन्दै प्रश्न गरेका छन्। 

एमालेबाट निर्वाचित सुहाङ नेम्वाङको विजय र्‍यालीलाई सम्बोधन गर्दै ओलीले प्रदेशको नामाकरणको विषयलाई पहिचानसँग जोड्न नहुनेमा जोड दिए।  

‘पहिचान भनेको के हो? केलाई पहिचान भन्ने? हामी सबै नेपाली हौँ। त्यही पहिचान हो। धनी भए धनी नेपाली। गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली,’ ओलीले भने, ‘प्रदेशको नामाकरणको विषय पहिचानको मुद्दा हुन सक्दैन।’ 

त्यस्तै व्यक्तिले व्यक्तिगत पहिचान खोजेमा कोही पनि सफल हुन नसक्ने बताउँदै साझा नाम राख्दैमा केही नबिग्रिने बताए। 

‘समृद्ध नेपाल सुखी नेपाली भनेपछि त्यही हो पहिचान । नेपाली जनता सुखी हुनुपर्छ। प्रदेशको नाम पहिचानको कुरा होइन। पहिचान भनेको नामको कुरा होइन। जाति विशेषको, थर विशेषको कुरा होइन। पहिले पनि जसरी बाँडिएका थिए, मेची, कोशी अञ्चल थिए। तसर्थ यो धेरै ठूलो कुरा होइन । यो विषयलाई संवेदनशील बनाउनुपर्ने केही छैन। साझा नाम राख्दा केही बिग्रिँदैन,’ ओलीले भने। 

Categorized in राजनीति
ppp 2