नाइट क्लबमा काम गर्ने युवतीमाथि सामूहिक बलात्कार
Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १८, शुक्रबार
काठमाडौँ - नाइट क्लबमा काम गर्ने युवतीमाथि काठमाडौँको गोठाटारमा सामूहिक बलात्कार भएको छ । माघ २० मा दुई जना मिलेर २२ वर्षीया युवतीलाई गोठाटारस्थित एउटा होटलमा बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्न आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले सिन्धुपाल्चोक घर भएका पदम घयाम्जो तामाङलाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
अभियुक्त तामाङ ट्याक्सी चालक हुन् । बलात्कारमा संलग्न अर्का एक जना फरार छन् । दरबारमार्गस्थित रात्रि क्लबमा काम गर्ने युवतीलाई उनीहरुले गोठाटारमा लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
Categorized in अपराध-दुर्घटना