STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गौशालाबाट कथित धर्मगुरुसहित १० जना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ११, सोमबार

काठमाडौँ - गौशालामा दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’मा सहभागी प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।  स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । 

आफूलाई युवासन्त र ‘धर्मगुरु’ बताउने आचार्य श्रीनिवास पक्राउ परेका छन्। मेडिकल व्यवासायी समेत रहेका दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन पुगेका श्रीनिवासलाई प्रहरीले गौशालाबाट पक्राउ गरेको हो। 

प्रदर्शनको क्रममा केहीबेर प्रहरी र प्रसाईं समर्थकबीच झडप समेत भएको थियो। सो क्रममा प्रहरीले श्रीनिवाससहित अन्य १० जना पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए। उनले त्यहाँ आयोजित कोणसभालाई समेत सम्बोधन गरेका थिए।

यसअघि उनी  धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिएको आरोपमा गत असोज १६ गते पक्राउ परेका थिए।  सुनसरीबाट प्रकाउ परेका उनलाई प्रहरीले दुई दिनपछि ५ सय धरौटीमा रिहा गरेको थियो।

Categorized in राष्ट्रिय