STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ६४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ९, आइतबार

९ माघ, काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १७ हजार चार सय ३७ जनाको नमुना परीक्षण गर्दा ३७ प्रतिशत अर्थात् ६ हजार चार सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा एक हजार चार सय १६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख २१ हजार ६ सय ९९ पुगेको छ ।

यही अवधिमा चार जना सङ्क्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ११ हजार ६ सय ५५ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० पुगेको छ । यीमध्ये दुई सय १५ जनाको आईसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पाँच सय जनाभन्दा धेरै सक्रिय सङ्क्रमित भएका जिल्लाको सङ्ख्या १५ पुगेको छ । नेपालमा केही हप्तायता कोरोना सङ्क्रमण बढ्न थालेको छ ।

Categorized in स्वास्थ्य-मौसम