गर्ड मुलरको निधन
Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ३१, आइतबार
जर्मनीका लिजेन्ड फुटबलर गर्ड मुलरको निधन भएको छ ।
मुलरको ७५ वर्षको उमेरमा आइतबार निधन भएको जर्मन क्लब बायर्न म्युनिखले जनाएको छ । जर्मनीको राष्ट्रिय फुटबल टोलीबाट ६२ खेल खेलेका मुलरले ६८ गोल गरेका थिए ।
मुलरले सन् १९७४ को विश्वकप फुटबलको फाइनलमा होल्याण्डविरुद्ध जर्मनीका लागि विजयी गोल पनि गरेका थिए ।
१५ वर्ष बायर्न म्युनिखबाट क्लब फुटबल खेलेका मुलरले ४२७ खेलमा कीर्तिमानी ३६५ गोल गरेका थिए । यस्तै, उनले ७४ वटा युरोपेली प्रतियोगितामा ६६ गोल गरेका थिए ।