relans
ni new 83
nib 2082 5

मिश्रको प्रस्तावप्रति बाबुराम भट्टराईको प्रतिक्रिया- झिंगाको सरापले डिँगो मर्दैन

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १२, मंगलबार

विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संविधानका उपलब्धि उल्टाउने प्रस्ताव अघि सारेपछि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले झिंगाको सरापले डिँगो नमर्ने प्रतिक्रिया दिएका छन् ।

मिश्रले बहस र छलफलका नाममा दस्तावेज सार्वजनिक गर्दै स्थानीय तहलाई सुदृढ गर्दै संघीयता खारेजीको प्रस्‍ताव अघि सारेका छन् । उनले संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अघि सारेका हुन् ।

मिश्रको उक्त प्रस्तावप्रति लक्षित गर्दै भट्टराईले फेसबुकमा लेखेका छन्- 'झिंगाको सरापले डिंगा मर्दैन ! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुन पर्दैन ।'

भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र भएकाले डराउनु नपर्ने उल्लेख गरेका छन् ।

'संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन,' भट्टराईले लेखेका छन्, 'बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून् !'

Categorized in राजनीति
ppp 2